कुमारी बैंकका सिइओ सुरेन्द्र भण्डारीको अवकाश

कुमाारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र भण्डारीले बिहीबारबाट ४ वर्षको सफल कार्यकाल समापन गरी आफ्नो पदीय जिम्मेवारीबाट अवकाश लिएका छन् । कुमारी बैंकको संचालक समितिको बैठकको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका अनुज मणि तिमिल्सिनालाई आज (शुक्रबार) देखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ ।

३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको जानकारी कुमारी बैंकले दिएको छ ।

उनको कार्यकालमा बैंकले प्रशंसनीय स्तरोन्नति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको छ । बैंकले यही कार्यकालमा ७ विभिन्न वित्तीय संस्थाहरूका साथै तत्कालीन देवःविकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको थियो ।

बैंकको सञ्चालक समितिको बैठकमा भण्डारीले आफ्नो परिवार तथा समाजप्रतिका अन्य जिम्मेवारीहरु वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट बिदा लिन चाहेको जानकारी गराउँदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना पनि दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार