चीनमा परिवारका सदस्यले खोप लगाए मात्रै बालबालिका विद्यालय जान पाउने

चीनमा परिवारका सबै सदस्यले कोभिड १९ विरुद्धको खोप लगाएपछि मात्रै बालबालिका विद्यालय जान पाउनेछन् । आगामी सेप्टेम्बर महिनादेखि चीनमा सामुदायिक विद्यालय सञ्चालन हुँदैछन् ।

अस्पताल र सुपरमार्केटमा प्रवेशका लागि समेत खोप लगाएको सुनिश्चित हुनुपर्ने मापदण्ड तोकिएको छ । चीनले सन् २०२१ भित्र ६४ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य राखेको छ । यसअघि फ्रान्स र ग्रीसले समेत केही क्षेत्रमा प्रवेशका लागि खोप अनिवार्य लगाएको हुनुपर्ने मापदण्ड तय गरेको छ ।

बीबीसीका अनुसार गुआङ्सी प्रान्तको बेइलिउ शहरमा सार्वजनिक गरिएको सूचनामा बालबालिकाको विद्यालय प्रवेश सुनिश्चित गर्न यथाशिघ्र खोप लगाउन अभिभावकलाई आग्रह गरिएको छ । अन्य प्रान्तका स्थानीय सरकारले समेत यस्तै निर्देशन जारी गरेको छ । हेबेई प्रान्तमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाले अनिवार्य खोप लगाएपछि मात्रै विद्यालय प्रवेश पाउने सूचना जारी गरिएको छ । यद्यपी अन्य उमेर समूहका बालबालिकाबारे भने प्रष्ट गरिएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार