जनयुद्ध दिवसमा सार्वजनिक बिदा

इलाम – जनयुद्धको दिवसमा पाँचथरको फालेलुङ गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ। गाउँ कार्यपालिकाको माघ २८ शनिबार बसेको बैठकले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको हो।

प्रमुख प्रशासकिय अधिकृत डम्बर बहादुर आङदाम्बेले सूचना जारी गर्दै फागुन १ गते गाउँपालिका क्षेत्र भर सबै सरकारी कार्यालय र विद्यालयमा सार्वजनिक बिदा दिइएको जानकारी दिए।

जनयुद्ध शुरुवातको दिनलाई सार्वजनिक बिदा दिने निर्णयले स्वागत योग्य भएको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा १ नम्बर प्रदेशका संसदीय दलका नेता पुर्वअर्थमन्त्री इन्द्र आङ्बो मौसमले बताए।