भाजपाको निमन्त्रणामा नेपालका ५ राजनीतिक दलका प्रतिनिधि भारत भ्रमणमा, अन्य कुन–कुन देशका पार्टीलाई निम्तो ?

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नेपालका ५ राजनीतिक दलका प्रतिनिधिहरू भारत भ्रमणमा गएका छन् ।

भाजपाको कार्यक्रम ‘बीजेपीलाई बुझौं’ भन्ने कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका नेता तथा सांसद उदय शम्शेर राणा, एमाले नेता विष्णु रिमाल, माओवादीका नेता मातृका यादव, रास्वपाका नेता शिशिर खनाल र जनमत पार्टीका नेता जयकान्त राउत नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

भाजपाले विज्ञप्ति जारी गर्दै १० मुलुकका १८ राजनीतिक दलका प्रतिनिधिहरू भारतमा आउन लागेको जानकारी दिएको हो । उनीहरूले भाजपाका अध्यक्ष जेपी नड्डा, भारतका विदेशमन्त्री एस. जयशंकरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यस्तै भाजपाले लिबरल पार्टी (अष्ट्रेलिया), कम्युनिस्ट पार्टी अफ भियतनाम (भियतनाम), अवामी लिग (बंगलादेश), लिक्वुड पार्टी (इजरायल), नेसनल रेसिस्टेन्स मुभमेन्ट (युगाण्डा), चामा चा मापिन्दुजी (तान्जानिया), युनाइटेड रसिया पार्टी (रसिया), श्रीलंका पादुजाना पेरामुना (श्रीलंका), युनाइटेड नेसनल (श्रीलंका) लाई निमन्त्रणा गरेको छ ।

त्यसैगरी, मरिससबाट मिलिट्यान्ट सोसलिस्ट मुभमेन्ट, मरिसस लेबर पार्टी, मोरिसियन मिलिट्यान्ट मुभमेन्ट र पार्टी मोरिसियन सोसल डेमोक्र्याट रहेका छन् ।

सम्बन्धित समाचार