प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यसमध्ये केहीलाई काज सरुवा गरिएको हो । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने सूचनामा उल्लेख छ ।