बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको सफल परीक्षण

भारतको जयनगर–जनकपुरधाम ९कुर्था० रेल्वे ट्र्याकको सफल स्पिड परीक्षण र सर्टिफिकेट गरिएको छ । आइतबार जयनगरबाट आएको भारतीय रेलले जनकपुरधामको कुर्था स्थित मुख्य स्टेसन सम्म स्पिड परीक्षण र सर्टिफिकेट गर्ने कार्य सम्पन्न गरेको हो । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर दूरीमा प्रतिघण्टा १२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा भारतीय रेल सञ्चालन गरिएको हो ।

भारतीय कोनकन कम्पनीका प्रतिनिधि तथा नेपालका महाप्रबन्धक गुरु भट्टराईले संयुक्तरुपमा निरीक्षण पश्चात् जनकपुरधामको कुर्था रेल्वे स्टेसनमा पूजा समेत गरिएका थियो । स्पिड परीक्षण सम्बन्धी जानकारी दिँदै रेल्वेका महाप्रबन्धक भट्टराईले भारतीय डव्लु डि एम थ्रिडी नामको इन्जिन तथा दुई वटा मालवाहक डब्बासहित आएको ट्रेनले स्पिड परीक्षण गरेको बताए । उनले लिकहरूको समय समयमा मर्मत तथा पुलहरूको पनि सबै काम भइसकेकोले समस्या नरहेको जानकारी दिए ।

सरकारले पटक पटक नेपालमा रेल चल्ने भनेर मिति किटान गरे पनि रेल्वे चल्न सकेको छैन । महाप्रबन्धक भट्टराईले रेल नचल्नुमा राजनीतिक खिचातानी महत्त्वपूर्ण कारण रहेको बताए । तोकिएकै मितिमा रेल चलाउनका लागि सम्पूर्ण तयारीहरू गरिए पनि सरकार परिवर्तन भएको कारण रोकिएको उनको भनाई छ ।

जनकपुरधाम ९कुर्था०–जयनगर रेल सञ्चालनका लागि रेल्वे ट्र्याक एक वर्ष अगाडी नै निर्माण पुरा भइसकेको छ । दुई सेट रेल पनि आएको १० महिना भएको छ । ०७७ आश्विन २ गते जनकपुरधाम रेल आउँदा स्थानीय उत्साहित बनेका थिए । तर रेल कहिले सञ्चालनमा आउने कुराको अझै टुङ्गो नलाग्दा स्थानीय निराश बन्न थालेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार