नेपाल र यूएईबीचको दोस्रो लेग साउदी अरेबियामा हुने

फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई) सँगको दोस्रो लेग साउदी अरेबियामा खेल्ने भएको छ ।

यसअघि यूएईसँगको पहिलो खेल उसैको मैदानमा खेलेको नेपालले दोस्रो लेगमा पाहुना टिमसँग घरेलु मैदानमा खेल्ने तय थियो । तर, नेपालको दशरथ रंगशाला खेल्न योग्य नभएपछि खेल तटस्थ भूमिमा सारिएको हो ।

दशरथ रंगशालामा एसियन फुटबल महासंघ (एएफसी)ले सुरक्षा, मैदानमा घाँसको अवस्था र रंगरोगनको विषयमा प्रश्न उठाउँदै खेल्न अयोग्य रहेको जनाएको हो ।

यसअघि मैदान अयोग्य भएकै कारण नेपालले बहराइनसँगको खेल पनि उसैको मैदानमा खेलेको थियो ।

नेपाल र यूएईबीचको दोस्रो लेग जुन ६ मा हुने तालिका छ । छनोट समूह एचमा रहेको नेपालसँगै यूएई, बहराइन र यमन छन् । छनोटमा नेपालले हालसम्म चार खेल खेले पनि अंकको खाता खोल्न सकेको छैन ।

सम्बन्धित समाचार