बंगलादेशमा हुने साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक महिला टोलीको घोषणा भएको छ ।
महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
चोटका कारण वाफ महिला च्याम्पियनसिप खेल्ने टोली बाहिर रहेका रेनुका नगरकोटे र सरु लिम्बुलाई प्रशिक्षणमा बोलाइएको छ ।
साफ च्याम्पियनसिप अघि नेपालले लेवनानसम्मिलित तीन देशसम्मिलित प्रतियोगिता खेल्ने भनिएपनि त्यो नहुने भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने प्रशिक्षण आइतबारदेखि सुरु हुने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ ।
प्रारम्भिक महिला टोली
गोलरक्षकः एञ्जिाला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, सुशीला कुमारी चौधरी
डिफेन्डरः अमृता जैसी, गीता राना, हिरा कुमारी भुजेल, विमला विक, निसा थोकर, समिक्षा घिमिरे, पुजा राना, सविना चौधरी, गंगा गुरुङ
मिडफिल्डरः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, विमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल, रेनुका नगरकोटे, सरु लिम्बु, मनमाया दमाइ, तुल्सा बोहोरा
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, सविता रानामगर, ममता पुन