थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई राजतन्त्रको अपमान गरेको अभियोग लगाइने थाइल्यान्डका महान्यायाधिवक्ताले संकेत गरेका छन् । विवादास्पद राजनीतिक नेता सिनावात्रा १५ वर्षको प्रवास यात्रापछि गत वर्ष स्वदेश फर्किएका थिए ।
विवादास्पद उनी प्रवासबाट एक वर्षअघि स्वदेश फर्केका हुन् । उनले ९ वर्षअघि कोरियन न्यूज पेपरलाई दिएको एक अन्तर्वार्तालाई लिएर सो अभियोग लगाउन लागिएको हो । यसरी राजतन्त्रको अपमान गर्न लागेको भनेर अभियोग लागेमा उनी त्यस्तो आरोप लाग्ने सबैभन्दा उच्च तहको व्यक्तित्व हुनेछन् ।
गएका चार वर्षको अवधिमा थाइल्यान्डमा सयौँ मानिसलाई यसप्रकारको अभियोग लागिसकेको छ । थाइ राजनीतिका एक ठूला खेलाडी मानिने सिनावात्रा गत वर्ष स्वदेश फर्किसकेपछि उनको परिवार र उनको लोकप्रियताबाट डराइरहेको कन्जरभेटिभ समूहबीच सम्बन्ध सुधारको प्रयास भइरहेको थियो ।
उनले प्रवासमा भएकै बेलामा कोरियन न्यूज पेपरमा सन् २०१५ मा एक अन्तर्वार्ता दिएका थिए । उनले सो अन्तर्वार्तामा राजाको टप एडभाइजरी बडीलाई २०१४ को मिलिटरी ‘कू’ गराएको आरोप लगाएका थिए । त्यतिबेली उनकी बहिनी यिङलक सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटाइएको थियो ।