पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ महाशिवरात्रीमा ट्राफिक व्यवस्थापन

महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा शनिबार दिनभर यातायात प्रभावित हुने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले शुक्रबार रातिदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने जनाएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिएको छ ।

नेपाल ट्राफिकका अनुसार मालबाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको छ । पशुपति विकास कोषको सहकार्यमा ट्राफिकले बनाएको नयाँ रुटहरु यस्ता छन् ।

बसहरूः
१ रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुँदै रत्नपार्क फिर्ता हुने ।

२ रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्र शालिक तीनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने ।

३ कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउने ।

माइक्रोबस तथा टेम्पोः
१ सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने ।

२ जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउने।

मालबाहक सवारी साधनहरूः
१ जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगंजतर्फ जाने मालबाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंजतर्फ चलाउने ।

२ कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालबाहक सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालबाहक सवारी साधनहरू गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने।

३ कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नुपर्ने मालबाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्ने ।

४ महाराजगंज, चाबहिल हुँदै पशुपति वरपर पुग्नु पर्ने मालबाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने।

५ कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालबाहक सवारी साधनहरू जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।