चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आव्हान ,१६ फागुनसम्मको समयसीमा

निर्वाचन आयोगले आगामी १० बैशाखमा हुन गइरहेको उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ ।

प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए रिक्त रहेको चितवन–२ मा १० बैशाखमा हुन गइरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आव्हान गरेको हो । आयोगका अनुसार १० फागुन देखी १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।

‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन २९७३ को दफा ४ बमोजिम संवत २०७९ फागुन १० देखी फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौँस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सूचित गरिन्छ,’ आयोगद्वारा जारी सूचनामा भनिएको छ।