कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ नियुक्त

सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ नियुक्त भएका छन्। अनिल उपाध्याय चार बर्षे कार्यकाल पुरा गरेर अवकाश भएपछि प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो।बैंक सञ्चालक समितिले शनिवार गुरुङलाई नियुक्त गरेको हो।

उनी हिमालयन बैंकसँग मर्जर प्रकृयामा रहेको सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। सिभिल बैंक छाडेर उनी म्यानमारको एक बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए।

त्यसपछि उनी कृषि विकास बैंकमा नियुक्त भएका हुन्। चार बर्षे कार्यकालका लागि गुरुङले नियुक्ति लिएका हुन्।

उनी हिमालयन बैंक,ग्लोबल बैंक,मेगा बैंक हुँदै सिभिल बैंक पुगेका थिए।