दूरसञ्चार प्राधिकरणको गत आवमा आम्दानी ४ अर्ब, वित्तीय प्रगति ४० प्रतिशत मात्र

नेपाल दूरसञ्चार प्राधिकरणले गत आर्थिक वर्ष २०७७/०७८ मा कुल ४ अर्ब १६ करोड २६ लाख १४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

प्राधिकरणले आधारभूत टेलिकम सेवा तथा ग्रामीण दूरसञ्चार सेवाको अनुमति दस्तुरबाट ९ करोड ८८ लाख ३४ हजार, जीएसएम सेलुलर मोबाइलबाट ४ अर्ब, ३ करोड ७८ लाख, भीस्याट सेवा प्रदायकबाट ६५ लाख ५० हजार, इन्टरनेट सेवाको अनुमति दस्तुरबापत ७२ लाख ६० हजार, जीएसपीसीएस सेवाबाट ५ लाख ६० हजार, आईएलडी अर्थात् अन्तर्राष्ट्रिय लामो दूरीको कल सेवाबाट १ करोड १२ लाख ५० हजार, भीस्याट सेवाबाट ३ लाख ६० हजार आम्दानी गरेको हो ।

तर, सो अवधिमा प्राधिकरणको वित्तीय प्रगति भने ४० प्रतिशत मात्र भएको । प्राधिकरणले गत आवमा १४ अर्ब ५४ करोड ११ लाख ५ हजार रुपैयाँ वार्षिक कारर्यक्रमका लागि बजेट विनियाेजन गरेको थियो  ।

जसमा विकास कार्यक्रमतर्फ कुल ४ अर्ब ५० करोड ४३ लाख, पुँजीगत खर्चमा ३ अर्ब २ करोड ३३ लाख, प्रशासनिकतर्फ ५१ करोड ३४ लाख र ग्रामिण दूरसञ्चार विकास कोष तर्फ ६ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार