टी-२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

काठमाडौं। नवनीत धालिवाल र निकोलस किर्तनको अर्धशतकसँगै क्यानडाले आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ। ग्रान्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रनको लक्ष्य दिएको हो।

क्यानडाका नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए। ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनले अरन जोन्सनसँग ३२ बलमा ४३ रनको साझेदारी गरेका थिए। जोन्सन छैटौं ओभरको दोस्रो बलमा २३ रनमा आउट भए। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए।

दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट हुँदा श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे। अमेरिकाका अली खान, हरमीत सिंह र कोरी एन्डर्सनले १/१ विकेट लिए।

सम्बन्धित समाचार