आईसीसी ट्वान्टी–२० विश्वकपको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि सहज जित नकालेको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा अमेरिकाले सात विकेटको जित निकालेको हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको थियो । जितका लागि १९५ रनको लक्ष्य पाएको अमेरिकाले १७।४ ओभरमा १९७ रन बनायो ।
अमेरिकाको जितमा आरोन जोन्सले विस्फोटक ब्याटिङ गरे । उनले मात्र ४० बलमा ९४ रन बनाए । आन्ड्रिस गोसले ६५ रन बनाउँदा कप्तान मोनांक पटेलले १६, कोरी आन्डर्सनले तीन रन बनाए ।
बलिङतर्फ क्यानडाका कलीम सना, जेरेमी गोर्डन र निखिल दत्तले एक/एक विकेट लिए ।
त्यसअघि अमेरिकाको डलास्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल तयार पारेको थियो ।
क्यानडाका लागि नवनित डालिवालले ६१ रनमा क्याच आउट भए । उनले ४४ बलमा ६ चौका र ३ छक्का हाने। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्का सहयोगमा ५१ रन बनाए ।
ओपनर आरोन जोनसनले २३ र श्रेयास मोभ्याले ३२ रन बनाए । दिलप्रित बज्वा ११ रन बनाउँदा रन आउट भए। श्रेयास मोभ्या ३२ र डिलोन हेलिंगर १ रनमा नटआउट रहे । अलि खान, हरमित सिंह र केरि एन्डरसनले समान १/१ विकेट लिए ।
विश्वकपअन्तर्गत आजै हुने दोस्रो खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी भिड्दै छन् । खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ ।