सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुबोध मुखियाकी ७ वर्षीय छोरी नैना कुमारी रहेकी छिन् ।
गम्भीर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो । को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो।
मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।














