काठमाडौँ महानगरले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा विश्वकप–२०२४ को नेपालको खेल प्रत्यक्ष प्रसारण गर्ने 

काठमाडौँ । काठमाडौं महानगरले विश्वकप २०२४ को नेपालको पहिलो खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ । ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको हो । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् ।

महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिएका छन् ।

यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति हुनेछ ।

कार्यक्रममा मेयर बालेन्द्र शाह९बालेन० पनि सहभागी हुने छन् । विश्वकपमा नेपाल र नेदरल्याण्ड्सको खेल भोलि साँझ ९स्१५ देखि सुरु हुनेछ ।

सम्बन्धित समाचार