काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तिय संस्थाको आईपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । सोमबार कार्यालय समयसम्म मात्र यस कम्पनीको आइपीओमा आवेदन दिन सकिनेछ ।
लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई माघ २२ गतेदेखि आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको छ ।
यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन १८ गतेदेखि आईपीओ जारी गर्दै छ । सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता सेयर जारी गर्नेछ । सर्वसाधारण लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।