काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचनबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । आज बसेको पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए । राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम रहेको उनको भनाइ छ ।