काठमाडौँ — राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।राष्ट्रपति मनोनयनको एक दिन अघि शुक्रबार दिउँसो साढे १२ बजे बस्ने गरि बैठक बोलाइएको राप्रपाले जनाएको छ ।
सरकारमा पनि सहभागी राप्रपाका नेताहरूले राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।उपप्रधानमन्त्रीसहित सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सहभागी छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा निर्क्यौल नभइसकेको बताएका छन् ।