राष्ट्रपतिको विषयमा छलफल गर्न समाजवादीले बोलायो बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको सो पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।

सत्तारुढ गठबन्धन दलभित्र एमालेले राष्ट्रपतिमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको चर्चाका बीच सो पार्टीले सचिवालय बैठक बोलाएको हो ।