समूह चरणका तीन खेलमा पराजित हुँदै नेपालले आईसीसी टी–२० विश्वकपको यात्रा सकाएको छ ।
१४ वर्षपछि विश्वकप खेलेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपको यात्रा सकाएको हो ।
पहिलो खेलमा नेदरल्यान्डस्सँग ६ विकेटले पराजित भएको नेपाल श्री लंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।
नेपालविरुद्ध जित हासिल गरेपछि बंगलादेश सुपर ८ मा पुगेको छ । नेपाल रहेको समूहबाट दक्षिण अफ्रिका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको हो ।
नेपालविरुद्धको जितसँगै बंगलादेशले सन् २००९ पछि सबैभन्दा कम योगफल तयार पारेर पनि जित निकाल्ने टोली बनेको छ ।
बंगलादेश अब सुपर ८ मा भारत, अफगानिस्तान, अष्ट्रेलिया रहेको समुह ए मा रहनेछ । बंगलादेशले दिएको १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै ८५ रन बनाउँदा अलआउट भयो ।