ग्यास सिलिण्डर विस्फोटका घटना बढेको विषय संसदमा उठ्यो

काठमाडौं : पछिल्लो समय एलपी (खाना पकाउने) ग्यास सिलिण्डर विस्फोट हुने घटना बढेको विषयमा संसदमा कुरा उठेको छ। बुधबार भएको प्रतिनिधिसभा बैठकमा सांसद प्रेम सुवालले यो घटना न्यूनिकरण गर्न माग गरे।

उनले भने,‘खाना पकाउने ग्यास पड्केर तीन वर्षयता १० जनाको मृत्यु र ४५ जना घाइते भएको समाचार प्रकाशित भयो, यस कारण जलविद्युत पर्याप्त उत्पादन गरी व्यापार घाटा खर्बौ हुने खाना पकाउने प्रतिस्थापन गर्नु जरुरी छ।’

गत बुधबार राति बुद्धनगरस्थित निवासमा सांसद चन्द्र भण्डारी ग्यास सिलिण्डर लिक हुँदा आमा हरिकला भण्डारीको निधन भएको थियो। कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा सांसद भण्डारीकी आमा हरिकलाको निधन भयो। यहाँ उपचार सम्भव नभएपछि सांसद भण्डारीलाई भारतमा लगेर उपचार भइरहेको छ।