काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । जन्ममितिबारे प्रश्न उठेपछि उनले राजीनामा दिएका हुन् ।
उनी एक महिनापछि नेपाल प्रहरीको नयाँ प्रमुख बन्ने प्रतिस्पर्धामा थिए ।बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सिंहले राजीनामापत्र बुझाएका छन् ।














