पश्चिम नेपालमा भूकम्पको धक्का

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा बुधवार दिउँसो स्ठानीय म्याग्निट्यूड ५.२ को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। उक्त भूकम्प नेपाल र भारतका विभिन्न ठाउँमा महसुस गरिएको विवरणहरू आएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दिउँसो १ः४५ बजे मापन गरिएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीमा पनि महसुस भएको थियो।माघ महिनामा बाजुरामा केन्द्रबिन्दु भएका दुईवटा भूकम्प मापन भएका थिए।

तीमध्ये माघ १० गतेको भूकम्पको स्थानीय म्याग्निट्यूड ५.९ को थियो।त्यसअघि कार्तिक महिनामा डोटी जिल्लामा स्थानीय म्याग्निट्यूड ६.६ को शक्तिशाली भूकम्प जाँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प जमिनको सहतभन्दा २७.३ किलोमिटर तल उत्पत्ति भएको हो।