बालुवाटारमा प्रचण्ड र देउवाबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुसँगको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिबारे छलफल गर्न देउवा बालुवाटार पुगेका हुन् ।यसअघि नै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगिसकेका छन् ।