आज मिति २०८१ साल असार ७ गते, शुक्रबार, यस्तो छ तपाईको राशिफल

२०८१ असार ७ गते | शुक्रबार २१ जुन २०२४। ज्येष्ठ शुक्लपक्ष चतुर्दशी तिथि, ६ः५३ बजेदेखि पूर्णिमा। ज्येष्ठा नक्षत्र, १८ः३५ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १८ः३५ बजेपछि धनु।

मेष : सानोतिनो समस्याले अल्झाए पनि लाभांश हातपार्न सकिनेछ। तर केही काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। परिवारको साथ र सहयोगले दिन रमाइलो बन्नेछ।

वृष : प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलाे रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। रोकिएको कामले पनि निकास पाउनेछ।

मिथुन : आत्मबलका साथ राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ। काममा केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ।

कर्कट : मन अशान्त हुँदा आफन्त सशंकित हुनेछन्। सामाजिक र राजनीतिक क्षेत्रमा अपमानित भएको महसुस हुनसक्छ। ठुलो उद्योग र लगानीमा हात नलगाउनु राम्रो हुन्छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

सिंह : समय रमाइलो छ। रोकिएको कामको अवरोध खुला हुनेछ। साथीबाट सहयोग मिल्नेछ। लगानी र श्रमको उचित मूल्यांकन हुनेछ। आफू शान्त भए परिवारले रचनात्मक साथ र सहयोग गर्नेछन्।

कन्या : विभिन्न अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। काममा सोचेजस्तै सफलता मिल्नेछ। साथीभाइकाे सहयाेग जुट्नेछ भने अवसरले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ।

तुला : समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन कम उपलब्धि प्राप्त हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

वृश्चिक : तपाईंको लगानी र श्रमबाट अरुले अवसर लिने जोखिम रहेको छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा दैनिकी सहज हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। परिवारबाट रचनात्मक साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : बोलीको प्रभावले राम्रो काममा ठुलो साथ प्राप्त हुनेछ। आफन्त भन्दा अपरिचित व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। शिक्षको क्षेत्रमा गरेको लगानीले फाइदा र उत्साह बढाउने छ।

मकर : आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै कामकाे जग बसाउन सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी समेत बढ्नेछ।
कुम्भ : झुटा आरोपको सामना गर्नुपर्नेछ। शान्त बन्नु उचित हुन्छ। समस्याका पछाडि नलाग्नु राम्रो हुन्छ। जन्मकुण्डली हेरे समस्याको समाधान खोज्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : पुराना कामको चर्चा हुनेछ भने नयाँ काममा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार