टी-२० विश्वकपको सुपर आठका आज दुई खेल हुँदै

काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल अस्ट्रेलिया र बङ्गलादेशबिच खेल हुँदै छ । एन्टीगास्थितसर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ : १५ बजेदेखि सुरु भएको छ ।

जारी विश्वकपमा अस्ट्रेलियाले समूह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो । त्यस्तै बङ्गलादेशले भने समूह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो । सेमिफाइनलको दौडका लागि सुपर आठको समूह एक मा रहेका दुवै देशका लागि यो खेल महत्त्वपूर्ण रहेको छ ।

अहिलेसम्म अस्ट्रेलिया र बङ्गलादेशबिच कुल १० टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा अस्ट्रेलियाले ६ खेल जितेको छ भने बङ्गलादेशले ४ खेल जितेको छ ।

त्यस्तै आज दोस्रो खेल सुपर आठको समूह २ मा रहेका ईङल्याण्ड र दक्षिण अफ्रिकाबिच खेल हुँदै छ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८स् १५ बजेदेखि सुरु हुने छ ।

यस विश्वकपको सुपर आठको खेलमा ईङल्याण्ड र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई र ईङल्याण्डले वेस्ट इन्डिजलाई पराजित गरेको छ । यो खेलमा जित हासिल गर्ने देशले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ ।

ईङल्याण्ड र दक्षिण अफ्रिकाबिच अहिलेसम्म कुल २५ टी-२० खेल भएका छन् । जसमा दुवैले १२(१२ खेल जितेका छन् भने एक खेलको नतिजा आएको छैन ।

सम्बन्धित समाचार