सिंहदरबारमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । केहीबेर अघिदेखि सुरु भएको भेटवार्तामा राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको बताइएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन्।