काठमाडाैँ : सिभिल बैंक लिमिटेडलाई प्राप्ति (मर्जर) गरेपछि हिमालयन बैंक लिमिटेडले शुक्रबारदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । यी दुवै बैंक १००ः८०.२८ सेयर अनुपातमा मर्जरपछि हिमालयन बैंक लिमिटेडको नाममा सञ्चालन हुने सहमति भएको थियो ।
गत असार २९ गते हिमालयन र सिभिल बैंकबीच प्रारम्भिक सम्झौता भएको थियो । पुस २८ गते दुवै बैंकले साधारणसभामार्फत मर्जर प्रक्रियालाई पारित गरेका थिए ।
मर्जरपछि बैंकको नाम ‘हिमालयन बैंक लिमिटेड’ नै रहनेछ । बैंकको सीईओमा हिमालयन बैंकका सीईओ अशोक राणा रहनेछन् । एकीकृत कारोबार भएसगै बैंकको कुल पुँजी ३४ अर्ब, कुल निक्षेप २ खर्ब ७४ अर्ब, कुल कर्जा २ खर्ब ५० अर्ब पुग्ने छ । यस्तै शाखा सञ्जाल १८९ वटा पुग्नेछन् ।














