युरो कप २०२४ : नक आउट चरणको समीकरण पूरा, को-को पुगे ?

बुधरबा राति समूह ‘ई’ र ‘एफ’ समूहका खेल सकिएसँगै युरो कप २०२४ को नक आउट चरणको समीकरण पूरा भएको छ ।

नकआउट चरणबाट १६ मध्या ८ टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन् । युरो कपमा सहभागी २४ टोलीमध्ये समूह ‘ए’ बाट हंगेरी र स्कटल्यान्ड तथा समूह ‘बी’ बाट क्रोएसिया र अल्बानिया समूह चरणबाटै बाहिरिए ।

समूह ‘सी’ बाट सर्बिया, समूह ‘डी’ बाट पोल्यान्ड, समूह ‘ई’ बाट युक्रेन र समूह ‘एफ’ बाट चेक रिब्लिक समूह चरणमै रोकिए ।

तेस्रो स्थानमा रहने उत्कृष्ट ६ टोलीमध्येबाट नेदरल्यान्ड्स, जर्जिया, स्लोभाकिया र स्लोभेनियाले अन्तिम १६ मा स्थान पक्का गरे । हंगेरी र क्रोएसिया पाचौँ र छैटौँ स्थानमा रहँदा अघिल्लो चरण पुग्न सकेनन् ।

युरोकपका अन्तिम १६ का खेलहरू शनिबार रातिदेखि हुनेछन् । नकआउट चरणको पहिलो खेलमा स्विट्जरल्यान्ड र इटाली तथा जर्मनी र डेनमार्क खेल्नेछन् । सोही दिन डेनमार्कले जर्मनीको सामना गर्नेछ ।

आइतबार इङ्ल्यान्डले स्लोभाकियासँग खेल्दा स्पेनले जर्जियाविरुद्ध खेल्नेछ । जुलाई १ सोमबार फ्रान्सले बेल्जियमसँग खेल्दा पोर्चुगलले स्लोभेनियासँग खेल्ने तालिका छ ।

नकआउट चरणको अन्तिम दिन मंगलबार रोमानिया र नेदरल्यान्ड्स तथा अस्ट्रिया र टर्की खेलेसँगै क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । क्वार्टरफाइनलका खेल जुलाई ५ देखि हुनेछन् ।

सेमीफाइनल खेल ९ र १० जुलाईमा हुनेछन् । युरोकपको फाइनल भिडन्त १४ जुलाईमा हुनेछ ।

सम्बन्धित समाचार