सडक बत्तीको महसुल बुझाउन प्राधिकरणले दियो पालिकाहरुलाई किस्ताबन्दीको सुविधा

नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय पालिकाहरुलाई किस्ताबन्दीको सुविधा दिएको छ ।

प्राधिकरणले आइतबार सूचना जारी गर्दै सडक बत्ती उपभोग गरेका स्थानीय तहहरुलाई थप दस्तुरसहितका बक्यौता महसुल (बढीमा ६० महिनासम्मको) किस्ताबन्दीमा बुझाउन पाउनेगरी सुविधा प्रदान गरेको हो ।

प्राधिकरण सञ्चालक समितिको निर्णयबाट यस्तो सुविधा प्रदान गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

बक्यौता महसुल बुझाउनको लागि प्राधिकरणले स्थानीय पालिकाहरुलाई ४५ दिनको सुविधा प्रदान गरेको छ ।

हेर्नुहोस् सूचना

सम्बन्धित समाचार