रोहित शर्मा र विराट कोहलीपछि अन्तर्राष्ट्रिय टी-२० क्रिकेटबाट रवीन्द्र जडेजाको सन्न्यास

१७ वर्षपछि दोस्रोपटक विश्वकप उपाधि जितेको भारतीय क्रिकेट टोलीका अलराउन्डर रवीन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् ।

आइतबार उनले इन्स्टाग्राममा लेखेका छन्, ‘भारी मनका साथ म अन्तर्राष्ट्रिय टी–२० क्रिकेटलाई अलबिदा भन्छु ।’

‘गर्वको साथ दौडिरहेको घोडाजस्तै मैले मेरो देशका लागि सधै आफ्नो उत्कृष्ट प्रदर्शन गरेको छु । र, क्रिकेटका अन्य फर्म्याटमा पनि जारी राख्नेछु ।’

उनले अगाडि लेखेका छन्, ‘टी–२० विश्वकप जित्नु भनेको एउटा सपना साकार हुनुजस्तै हो । म आफ्नै टी–२० अन्तर्राष्ट्रिय करिअरको शिखरमा छु । तपाईंको सम्झना, प्रोत्साहन र अटल समर्थनको लागि सबैलाई धन्यवाद ।’

बार्बाडोसमा शनिबार राति भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै १७ वर्षपछि उपाधि जितेको हो । उक्त टोलीमा रवीन्द्र पनि थिए ।

विश्वकप जितेपछि यसअघि भारतीय टोलीका कप्तान रोहित शर्मा र विराट कोहलीले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्न्यास लिइसकेका छन् ।

सम्बन्धित समाचार