शंखमुलको पुलबाट हामफाल्न खोजेका युवकको उद्धार 

काठमाडौं । शंखमुलको पुलबाट हामफाल्न खोजेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । पुलबाट बागमती नदीमा हामफाल्न खोजेका २६ वर्षीय युवकलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उद्धार गरेको हो ।

मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवक कपडा खोलेर पुलबाट बागमती नदीमा हामफाल्न खोजेका थिए ।

उनलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको ललितपुर परिसरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले अनलाइनखबरलाई जानकारी दिए । प्रहरी अनुसन्धानका क्रममा विदेश जान नपाएपछि ती युवकले आत्महत्या गर्न खोजेको खुलेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार