रारामा पौडी खेल्ने क्रममा डुबेर २१ वर्षीय युवकको मृत्यु

रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजंग रावल रहेका छन् ।

बिहीबार दिउँसो डुबेका मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

रारा तालमा पौडी खेल्न पाइँदैन तर पनि राराको छेउछाउमा काम गर्नेहरु लुकेर पोडी खेल्ने गरेको प्रनाउ थापाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार