गृहमन्त्री लामिछानेविरूद्धको रिटमा दुई न्यायाधीशबीच राय बाझियो

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने मागदावी सहित परेको रिट निवेदनमा दुई न्यायाधीशबीच राय बाझिएको छ ।

बिहीबार मुद्दाको सुनुवाइ गरेका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको हो । इजलासमा बहस सकिएपछि दुवै न्यायाधीशबीच लामो छलफल भएको थियो ।

अब उक्त रिट निवेदन यी दुई न्यायाधीश बाहेक अरु ३ न्यायाधीश सम्मिलित पूर्ण इजलासमा पेश गर्नुपर्नेछ । के कारणले राय बाझिएको हो भन्नेबारे सर्वोच्च अदालतले संक्षिप्त आदेश सार्वजनिक गरिसकेको छैन ।

लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गर्न माग गर्दै अनुपम भट्टराईले सर्वोच्च अदालतमा दायर गरेको रिटमा न्यायाधीशबीच राय बाझिएको हो ।

सहकारी ठगी प्रकरणमा लामिछानेविरूद्ध समेत जाहेरी परेको दाबी गर्दै उनी गृहमन्त्रीका रूपमा रहन नमिल्ने जिकिर रिटमा गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार