आगामी आइतबारसम्म भारी वर्षा हुने, शतर्कता अपनाउन आग्रह

केही दिनयता देशभर सक्रिय मनसुन शुक्रबारदेखि अझ सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी दिनमा सिमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष शतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

‘विगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण नेपालमा मनसुन सक्रिय हुन थालेकाले २०८१/०३/२० सम्म सतर्कताका लागि मिति २०८१/०३/१६ मा मनसुन विशेष मौसम बुलेटिन जारी गरिएको थियो’, बुलेटिनमा भनिएको छ, ‘सो न्यून चापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग/सिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले मिति २०८१/०३/२३ गते आइतबारसम्म सतर्कताका लागि आज (असार २० गते) यस विशेष बुलेटिन जारी गरिएको छ ।’  

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार