पहिलो पटक युरोपका देशमा प्रस्तुती दिँदै धुर्मुस-सुन्तली

कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले पहिलोपटक युरोपका विभिन्न देशमा प्रस्तुती दिने भएका छन् ।

आफ्नो कलाकारिताको यात्रामा अमेरिका लगायतका देशमा पुगेपनि उनीहरु अहिलेसम्म युरोपका देशमा पुगेका थिएनन् ।

उनीहरुले अब पहिलोपटक युरोपका झण्डै दर्जन देशमा रहेका नेपाली दर्शकलाई हँसाउँने अवसर पाएका हुन् । ‘धुर्मुस् सुन्तली साँझ’ कार्यक्रम अन्तर्गत पहिलो प्रस्तुती जुलाई ८ मा फिनल्याण्डमा गरिने आयोजक संस्था चौतारी इभेन्ट्सले जनाएको छ ।

यस्तै दोस्रो कार्यक्रम जुलाई १३ मा माल्टामा हुनेछ । यस्तै अगस्ट ३ मा क्रोएसिया, अगस्ट ५ मा बेल्जियममा कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएका छन् ।

साथै माल्टा, स्पेन, पोल्याण्ड, जर्मनी, अस्ट्रिया, डेनमार्क लगायतका देशहरुमा कार्यक्रममा आयोजना हुनेछन् । धुर्मुस् सुन्तलीको साथमा गायक बिष्णु खत्री, तुलसी शिवाकोटीको पनि प्रस्तुती रहनेछ ।

कलाकार धुर्मुस सुन्तली पहिलोपटक युरोपको कार्यक्रममा निस्किने तयारीमा छन् । उनीहरुले विदेशको कार्यक्रम ५ वर्षपछि बनाएका हुन् ।

‘युरोपमा रहेका नेपालीलाई भेट्न पाउँदा खुसी लागेको छ । धेरैपछि विदेशी भूमिमा रहेर विभिन्न कर्म गर्नुहुने नेपाली दर्शकलाई प्रस्तुती देखाउने तयारी गर्न पाउँदा निकै खुसी छौँ,’ कलाकार धुर्मुसले भने ।

सम्बन्धित समाचार