अमेरिकामा १३० मिलियन अर्थात् १३ करोड भन्दा बढी सर्वसाधारण तातो लहरको कारण प्रभावित भएका छन् ।
नेशनल वेदर सर्भिस (एनदब्लुएस) का मौसमविद् ज्याकब एशरम्यानका अनुसार बढ्दो तापक्रमले प्रशान्त उत्तरपश्चिम, मध्य(एट्लान्टिक र उत्तरपूर्वी भागको तापमान एक सय डिग्री फरेनहाइट भन्दा माथि पुग्ने अनुमान छ ।
‘प्रशान्त उत्तरपश्चिम क्षेत्रमा, ओरेगन राज्यको यूजीन, पोर्टल्यान्ड र सलेम लगायतका सहरहरूमा रेकर्ड तोड्न सक्छ’, अलजजिरासँग अशेरम्यानले भने, ‘‘यसका साथै दर्जनौं अन्य रेकर्ड बनाउन सक्ने हाम्रो अनुमान छ ।’’
तापक्रम अझ बढ्ने सम्भावना
एनएसदब्लुका अनुसार दक्षिण पश्चिमका धेरैजसो भागमा शुक्रबारसम्म उच्च गर्मी हुनेछ ।
बाल्टिमोर र मेरिल्याण्डका अन्य भागमा अत्यधिक गर्मी हुनसक्ने चेतावनी समेत दिइएको मौसम पूर्वानुमानले जनाएको छ । बाल्टिमोरका नेशनल वेदर सर्भिसका सल्लाहकार भन्नुहुन्छ, “गर्मीमाबाट बच्न प्रशस्त तरल पदार्थ पिउने र घामबाट टाढा रहनुका साथै बालबालिकाका लागि थप सावधानी अपनाउनुहोस् ।’’