भासिएको सडक छोपिँदै ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८१ असार २६, बुधबार १४:३६ पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका वडा नं ३ मेस्पाङमा भासिएको सडक प्लाष्टिकले छोपिँदै । अविरल वर्षाका कारण करिब ६० मिटर सडक भासिएको अनुमान गरिएको छ । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका छन् ।