मोरङमा कुखुरा फर्म भित्रै मालिकको हत्या गरि दम्पती फरार

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईँको हत्या भएको छ । बिहीबार बिहान बजगाईँको शव आफ्नै कुखुरा फर्मभित्र भेटिएको हो ।

घर नजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र आज बिहान करिब साढे १० बजे शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । प्रहरीका अनुसार बजगाईंको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ ।

बजगाईंको खुकुरा फार्ममा काम गर्नका लागि पति–पत्नी बसेका थिए । घटनापछि दुई जना नै फरार रहेको प्रहरीले जनाएको छ । उनको आफ्नै कर्मचारीले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका रहेको छ ।

‘हत्या भएपछि दम्पती फरार छन्,’ डीएसपी बस्नेतले भने, ‘खोजी कार्य तीव्र बनाएका छौँ ।’

घटनास्थलमा रगत लत्पतिएको अवस्थामा एउटा बन्चरो र दाउ फेला परेको प्रहरीले जनाएको छ । मृतकको शरीरमा पनि बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार