काठमाडौंमा दिउँसै चोरी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौंमा दिउँसोको समयमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी बस्ने वर्ष ४३ वर्षीय राजु तामाङ र भोजपुरका ५४ वर्षीया शारदा तिरुवा विक छन् । शारदा चोरीको धनमाल बेचबिखन गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार असार २३ गते दिउँसो २ बजेतिर भक्तपुर ठिमी नगरपालिका–२ मा पर्ने मुनाल मार्गस्थित द्वारिकानाथ धितालको घरमा डेरा गरी बस्ने जगदिश नेपालको कोठाबाट सुनका गहना तथा नगद गरी सात लाख रुपैयाँ १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो । चोरीमा संलग्नता पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले १.७९ तोला बराबरको सुनका गहना, नगद चार लाख १० हजार रुपैयाँ बरामद गरेको छ । यसैगरी, घटनाको समयमा प्रयोग भएको एउटा स्कुटर र दुईवटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत ठिमी पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार