नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा शुक्रबार दुई तले विद्यालय भवन भत्किँदा २२ विद्यार्थीको मृत्यु भएको छ । १३२ जना घाइते भएका छन् ।
प्राथमिक र माध्यमिक विद्यालयको निजी स्वामित्वमा रहेको सेन्ट एकेडेमीको भवन शुक्रबार विद्यार्थीले परीक्षा दिँदै गर्दा भत्किएको हो ।
शुक्रबार साँझसम्म उद्धारकर्ताहरूले २२ शव र १३२ घाइतेसहित कुल १५४ जनालाई भग्नावशेषबाट निकालेका थिए ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको पठार राज्यका सूचना तथा सञ्चार आयुक्त मुसा असोम्सले जानकारी दिएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।