टोकियो ओलम्पिकको उद्घाटन समारोहका प्रमुख बर्खास्त

ओलम्पिक खेलको उद्घाटन हुनभन्दा एक दिनअघि उद्घाटन समारोहका निर्देशकलाई बर्खास्त गरिएको छ । सन् १९९० मा होलोकास्टलाई लिएर गरेको एक व्यंग्यको भिडिओ हालै सार्वजनिक भएपछि निर्देशक केन्टारो कोबायासीले पद गुमाउनुपरेको हो ।

उद्घाटन समारोहका कम्पोजरले आफ्नो समूह छाडेको एकदिन पछि यो विवाद प्रकाशमा आएको हो । कोबायासीले उक्त भिडिओमा स्कुलमा छँदा आफ्ना सहपाठीलाई चित्त दुख्ने गरी उनको शारिरीक अवस्थाबारे व्यंग्य गरेको देखिन्छ ।

जापानका ओलम्पिक प्रमुख सेइको हासिमोतोले भनेका छन्,‘यो इतिहासको पीडादायी सत्यमाथिको मजाक हो ।’ टोकियो ओलम्पिकको उद्घाटन शुक्रबार हुँदैछ । कतिपय खेलहरु चाहिँ सुरु भैसकेका छन् । कोभिडका कारण आम सर्वसाधारणलाई भने रंगशालामा प्रवेश मिल्ने छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार