स्वास्थ्य बिमा कार्यक्रमको परिमार्जित प्याकेजको दररेट भदौ १ गतेदेखि मात्रै लागु हुने भएको छ ।
सेवा प्रदायक संस्थाहरूले परिमार्जित दररेट अध्ययन र प्राविधिक तयारी गर्नुपर्ने भन्दै समय मागेपछि एक महिना ढिलो लागु गरिने भएको हो ।
स्वास्थ्य बिमा बोर्डले यसअघि साउन १ गतेदेखि नयाँ दररेट कार्यान्वयन गर्ने निर्णय गरेको थियो । बोर्डले एक हजार २९० वटा औषधिसहित सुविधा थैलीमा रहेका प्याकेजको दररेट अपडेट गरेको हो ।