अनन्त–राधिकालाई आशीर्वाद दिन पुगे प्रधानमन्त्री मोदी

विश्वमै धनाढ्यमध्ये एक मुकेश अम्बानीका कान्छा छोरा अनन्त र राधिका मर्चेन्टको विवाह शुक्रबार भइसकेको छ ।

बिहेपछि शनिबार जियो वर्ल्ड सेन्टरमा आशीर्वाद समारोह राखिएको थियो । जुन समारोहमा भारतका प्रधानमन्धी नरेन्द्र मोदी समेत सहभागी भए ।

हिजो राति साढे आठ बजे समारोहमा पुगेका उनी २ घण्टा ४० मिनेट बसेका थिए । दुलहादुलहीलाई आशिवार्द दिएसँगै मोदीले डिनर समेत गरे । जहाँ अनन्त–राधिकाले मोदीको खुट्टा छोएका थिए ।

मोदीसहित समारोहमा अमिताभ बच्चन, रजनीकान्त, सलमान खान, शाहरुख खान, सानिया मिर्जा, जसप्रित बुमराह, महेन्द्र सिंह धोनी, एकनाथ शिन्दे, चन्द्रबाबु नायडू, शरद पवार, देवेन्द्र फडणवीस र पवन कल्याण लगायतका सेलिब्रेटी, खेलाडी र नेताहरू आए ।

यस आशीर्वाद समारोहमा शंकराचार्य अविमुक्तेश्वरानन्द जी, स्वामी रामभद्राचार्य, बागेश्वर धामका धीरेन्द्र शास्त्री र योग गुरु रामदेव तथा सन्त समाज, योग र अध्यात्मसँग सम्बन्धित धेरै प्रतिष्ठित व्यक्तित्वहरू पनि उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार