अतिरिक्त समयमा मैदान प्रवेश गरेका लौटारो मार्टिनेजको गोल निर्णायक बनेपछि कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले लगातार दोस्रोपटक कोपा अमेरिकाको उपाधि जितेको छ ।
अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको ४८औं संस्करणको कोपा फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १(० ले पराजित गरेको हो ।
यो उपाधिसँगै अर्जेन्टिना कोपा अमेरिकाको इतिहासमा सबैभन्दा सफल टिम बनेको छ । अर्जेन्टिनाले १६औँ उपाधि जितेको हो । १५औँ उपाधि जितेको उरुग्वेलाई अर्जेन्टिनाले पछि पारेको छ ।
अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा जिओभानी लो सोल्सोको पासमा निर्णायक गोल गरे । लाउटारो र लो सोल्सो दुवै ९७औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । जहाँ जारी कोपाकै सर्वाधिक गोलकर्ता लाउटारो नायक बने । उनले प्रतियोगितामा यो पाँचौ गोल हो ।
अर्जेन्टिनाका कप्तान तथा सुपरस्टार लिओनल मेसी चोटका कारण दोस्रो हाफमा मैदान छोडेका थिए । उनलाई ६६औं मिनेटमा निकोलस गोन्जालेजले रिप्लेस गरेका थिए ।