विपिन र वर्षा स्टारर ‘तेल भिसा’ मंसिर ७ गते रिलिज हुने

शंकर घिमिरे निर्देशित फिल्म ‘तेल भिसा’को प्रदर्शन मिति परिवर्तन गरिएको छ।

निर्माण टिमले फिल्मको फर्स्टलुक सार्वजनिक गर्दै मंसिर ७ गतेका लागि रिलिज डेट तय गरेको हो । यसअघि भदौ २९ गते रिलिज हुने भनिएको थियो । फिल्मका लागि त्यही मिति उपयुक्त लागेर नयाँ घोषणा गरिएको निर्देशक घिमिरेले बताए ।

फिल्मको पोस्टरमा अभिनेता विपिन कार्कीलाई दोहोरो भुमिकामा प्रस्तुत गरिएको छ । उनी जवान र वृद्ध गरी दुई फरक लुक्समा देखिएका छन् ।

त्यस्तै पोस्टरमा अभिनेत्री वर्षा राउत, ऋचा घिमिरे र पुजा लामासहित केही विदेशी कलाकार छन् । फिल्ममा बुद्धि तामाङ पनि मुख्य भूमिकाका छन् ।

केही समयअघि अमेरिकामा फिल्मको पहिलो चरणको छायांकन गरिएको थियो । सोमबारदेखि चितवनमा दोस्रो चरणको छायांकन सुरु गर्ने बताइएको छ ।

वेलडन क्रियसनको ब्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको सिनेमामा अनिश पाण्डे र शिवराज कार्की निर्माता छन् । फिल्म सुशन प्रजापतिले छायांकन गरेका हुन् ।

सम्बन्धित समाचार