जेडी भान्स बने ट्रम्पको पार्टी रिपब्लिकनबाट उपराष्ट्रपतिको उम्मेदवार

अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी चुनावमा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवारमा जेडी भान्सलाई चयन गरेका छन् ।

भान्स ओहियोबाट प्रतिनिधित्व गर्दछन् । उनी त्यहाँबाट हालसालै सिनेटरमा नियुक्त भएका थिए । सोमबारदेखि विकिन्सनमा जारी रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवार छानेका हुन् ।

डेमोक्रेटिक पार्टीको तर्फबाट वहालवाला राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस नै अहिलेसम्म सम्बद्ध पदमा उम्मेदवार छन् ।

ट्रम्प रिपब्लिकनको सोमबारको कार्यक्रममा दायाँ कानमा ब्यान्डेज लगाएको अवस्थामा देखा परेका थिए । गएको शनिबार पेन्सिलभानियामा भएको चुनावी र्‍यालीमा उनको हत्या प्रयास भएको थियो । तर, गोलीले कानमा मात्रै छोएकोले उनी जोगिएका थिए ।

सम्बन्धित समाचार