भारत प्रशासित जम्मू–कश्मीरमा झडप हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु

भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको एकजना प्रहरी अधिकारीले बताएका छन् । सुरक्षा स्रोतका अनुसार आक्रमणकारीहरूले आक्रमणमा रणनीतिक परिवर्तन ल्याएका छन् ।

विद्रोही समूहले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन् । यस घटनाले यस वर्ष विवादित हिमालय क्षेत्रको भारतीय पक्षमा मारिएका सैनिक र प्रहरीको सङ्ख्या १७ पुगेको छ ।

भारतीय सेना सुरक्षा बलले सोमबार साँझ जम्मू क्षेत्रको राजधानी श्रीनगरबाट करिब एक सय ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको डोडा जङ्गलमा अपरेसन शुरू गरेको बताएको छ ।

‘प्रारम्भिक गोली हानाहानका क्रममा घाइते भएका चार जना सैनिकको मृत्यु भएको थियो । घाइते भएका थप एकजना प्रहरी अधिकारी पनि पछि मृत्यु भयो । अन्य दुई सैनिकलाई अस्पतालमा भर्ना गरिएको छ,’ एक प्रहरी अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचार